ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ९, शुक्रबार १७:५८
प्रकासित समय : १७:५८
काठमाडौं, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण भएको छ।
स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परिक्षणमा मेयर महर्जनमा शुक्रबार संक्रमण पुष्टि भएको हो ।पाटन अस्पतालमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ । संक्रमण देखिएसँगै महर्जन होम आईसोलेसनमा बसेका छन् ।
यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना भएको थियो।