काठमाडौँ उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ९, शुक्रबार १६:३५
प्रकासित समय : १६:३५
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।