देशभर ६ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै मृतकको कुल संख्या ४५९ पुगेको छ। देशभरका आईसीयूमा २२७ जना छन् भने भेन्टिलेटरमा ३९ जना छन्।आजको दिनमा देशभर सक्रिय संक्रमित १८ हजार २८९ जना छन्। यीमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना छन् भने होम आइसोलेसनमा जना छन्।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ। १४ सय ५५ जना संक्रमणमुक्त भएका छन्।