नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ९, शुक्रबार १६:२४
प्रकासित समय : १६:२४
काठमाडौँ, नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३१३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५१ हजार ६८८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।