१३ वर्षीय बालकबाट १५ वर्षीया किशोरीले जन्माइन् बच्चा
काठमाडौं, बेलायतमा एक १३ वर्षीय बालक बच्चाका पिता बनेको खबर बाहिरीएको छ । उनलाई बाबु बन्ने श्रेय दिने भने १५ वर्षीया बालिका हुन् ।प्रेममा परेको १३ वर्षीय बालक र १५ वर्षीया बालिका अन्जानमै बच्चाको आमा बाबु बनेका हुन् । ब्रिटेनमा सबैभन्दा कम उमेरमा बाबु बन्ने ती बालकको नाम एल्फी रहेको जनाइएको छ । उनकी प्रेमिकाको नाम भने सेन्टल रहेको छ ।
१३ वर्षे बालक बाबु बनेको खबर अहिले ब्रिटेनमा चर्चामा रहेको छ । तर १३ वर्षमा सेन्टलको बच्चाको पिता बनेका एल्फीले दुई वर्षपछि डिएनए जाँच गराउँदा सबैको होश गुम्ने प्रतिवेदन आयो ।डिनए रिपोर्ट एल्फीसँग मेल खाएन । सेन्टलले जन्म दिएको बच्चा एल्फीको नभएर अरु कसैको थियो । खबर लेख्छ, एल्फी सेन्टलको बच्चाको असली पिता होइनन् ।
आफ्नो डिनएसँग मेल नखाएपछि हाल २२ वर्ष पुग्न लागेका एल्फीले सेन्टल र बच्चा दुबैलाई छाडिदिएको खबर छ ।