होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला
प्रकासित मिति : २०७७ आश्विन ९, शुक्रबार ११:५८
प्रकासित समय : ११:५८
दार्चुला, दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका(४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेको इन्स्पेक्टर जोशीले बताए ।
दार्चुलाका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो ।सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

