सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध
प्रकासित मिति : २०७७ आश्विन ९, शुक्रबार ११:३०
प्रकासित समय : ११:३०
काभ्रे, नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडा नजिकै पहिरो खस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ ।शुक्रबार बिहान सडकमाथिबाट खसेको पहिरोको कारण वीपी राजमार्ग हुँदै पूर्व जाने र पूर्वबाट काठमाडौं आउने सवारीहरु बीच बाटोमै अलपत्र परेका छन्।
केहि समयअघिबाट पहिरो पन्छ्याउने काम सुरु भएको छ । दुवैतर्फको बाटो अवरुद्ध हुँदा एम्बुलेन्ससमेत रोकिएका छन् ।पहिरो खसेपछि अवरुद्ध राजमार्ग खोल्नको लागि सडक विभागको तीन वटा जेसिबि प्रयोग भएको छ ।
करिब एक घण्टामा बाटो खुल्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।