ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं,कोरोना संक्रमणबाट ललितपुरमा एकैपटक ३ जनाको मृत्यु भएको छ । बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकहरु सबै ७० वर्षमाथिका छन् ।

कोरोना संक्रमण देखिएपछि उपचारका लागि यहि असोज ६ गते भर्ना भएकी ललितपुरकी ७० वर्षीय महिलाको बिहीबार बेलुका मृत्यु भएको हो । उनी मेघा अस्पतालमा उपचाररत थिइन् ।

यस्तै मेघा अस्पतालमै उपचार गराउँदै आएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार राति मृत्यु भएको छ । कोरोना संक्रमित उनी असोज ५ गते अस्पताल भर्ना भएका थिए । त्यसैगरी, ललितपुरका ७२ वर्षीय कोरोना संक्रमित पुरुषको बयोधा अस्पतालमा मृत्यु भएको छ । उनी ७ गते अस्पताल भर्ना भएका थिए।