बुटवलमा थप एकजना कोरोना संक्रमित मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ९, शुक्रबार १९:३४
प्रकासित समय : १९:३४
बुटवल , बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको हो ।
उनी मिर्गौलाका रोगी समेत थिए । उनको बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।शुक्रबार बिहान उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।