बारबर्दियामा ५ दिन निषेध आदेश

बर्दिया, कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ।

शुक्रबार राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेध आदेश गर्ने निर्णय भएको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए। उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि निषेध आदेश जारी गर्ने निर्णय गरिएको बताए।

देशभर १२० दिन लामो लकडाउन, त्यसपछि पुनः करिब १ महिना लामो निषेध आदेश लगाइएको थियो । कोरोना भाइरस संक्रमणदर बढेको भन्दै पुनः निषेध आदेश लगाउने क्रम सुरु भएको हो । सरकारले संक्रिय संक्रमितको संख्या २५ हजार पुगे पुनः लकडाउन गर्ने जानकारी गराइसकेको छ।