देउखुरीको गढवामा पहिलो पटक सर्पले टोकेको बिरामीको सफल उपचार
प्रकासित मिति : २०७७ आश्विन ८, बिहीबार १८:५८
प्रकासित समय : १८:५८
देउखुरी ,देउखुरीकाे गढवामा पहिलो पटक सर्पले टाेकेर बिरामी भएका दुई जनाकाे उपचार पश्चात् निकाे भइ घर फर्किएका छन् ।

दाङ-देउखुरी सर्पदंश उपचार केन्द्र गढवामा पहिलोपटक, एकै दिन सर्पले डसेका गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ८० वर्षीय तुल्ला जोगी मुसलमानकाे औलामा र गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी ८ वर्षीय बालक रामकृष्ण पौडेलकाे खुट्टाको गोली-गाठोमा सर्पले डसेपछि उपचारको लागि बुधबार गढवाकाे सर्पदंश उपचार केन्द्रमा लगिएकाे थियाे ।

उनीहरू दुबैकाे गढवा सर्पदंशमन सफल उपचारपछि डिस्चार्ज गरिएकाे देउखुरी सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक जिवराज शर्माले जानकारी दिए । दाङमा यस भन्दा पहिले सर्पले डसेका विरामीहरू कपिलवस्तुकाे गाेरूसिंङे वा बाँकेकाे शमशेरगञ्ज उपचारका लागि जानुपर्ने बाध्यता रहेकाे थियाे ।

