देउखुरीको कालाकाटेमा अनेरास्ववियूको रक्तदान शिविर सम्पन्न

भालुवाङ , प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तथा सांसद रेवतीरमण शर्माले राजनीतिक परिवर्तनमा युवा विद्यार्थीहरुको योगदान रहेको स्मरण गर्दै युवा विद्यार्थीलाई रचनात्मक कार्यमा डोप्याउन नेतृत्व पंक्तिलेनै भूमिका खेल्नुपर्ने बताएका छन् ।

अनेरास्ववियू दाङले देउखुरीकाे गढवा गाउँपालिका वडा नं. १ कालाकाटेमा आयोजना गरेकको रक्तदान शिविरमा प्रमुख अतिथि समेत रहनु भएका सांसद शर्माले ‘विद्यार्थी संगठनले आफ्नो स्थापना काल देखि नै रचनात्मक कार्यक्रम गर्दै आइरहेको बताए । जनताको जन जीविकाको निमित्त संघर्षका विभिन्न मोर्चाहरुमा हामी अखिलको झण्डा लिएर हामी उभिएका थियौं’ शर्माले भने–‘विद्यार्थी साथीहरु सरकार प्रति जनताको धारणा के छ । जनअपेक्षा कस्तो छ भनेर सर्भे गर्न सक्छौं । कतिपय बिषयमा जनमत लिन पनि सक्छौं । यो कार्यमा विद्यार्थीहरुको संलग्न हुन सक्छ, सांसद शर्माले भने

अनेरास्ववियू दाङका जिल्ला सह–संयोजक सर्जन परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ, गढवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष बाबुराम अधिकारी र जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक मुक्तिप्रसाद शर्मा लगातका वक्ताहरुले मन्तब्य व्यक्त गरेका थिए ।क्तदान शिविरमा ३० जना युवा विद्यार्थीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र दाङले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपाने, रेडक्रसका जिल्ला सदस्य प्रमोद पौडेल, प्राविधिक ठाकुर पौडेल, भिमा डिसी, गोपीचन्द्र चौधरी, दिलिप चौधरी लगायतको प्राविधिक टिम खटिएको थियो ।