नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।