नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमन पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ८, बिहीबार १६:३२
प्रकासित समय : १६:३२
काठमाडौँ, नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२।७ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १८ हजार ४३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ६१४ जना रहेका छन् । होम आइसोलेशनमा रहनेको संख्या ९ हजार ८२३ छ । अहिले क्वारेन्टाइनमा ६ हजार ५६५ रहेका छन् । आज ११ हजार ४४९ जनाको पिसिआर परिक्षण गरिएको छ ।