काठ तस्करी भएको खवर सम्बन्धीत निकायले थाहा नपाएको घटनाप्रति पत्रकार मञ्चको ध्यानाकर्षण
दाङ, देउखुरीको गढवा १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिला तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह , वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना प्रति दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षक भएको जनाएको छ ।मञ्चका अध्यक्ष भानु जोशीले आज एक प्रेस विज्ञप्ती जारी गरी मञ्चको ध्यानाकर्षक भएको जनाएका छन् । संरक्षण क्षेत्रमा रहेका सरोकारवाला निकायहरुको कार्यालय नजिकैको वन क्षेत्रमा यसरी साल प्रजातिका रुखहरु काटिदा समेत बेखबर रहनु लाई अर्थपूर्ण ढंगले हेर्न सकिनेविज्ञप्तीमा उल्लेख रहेको छ ।
कहि वन समुह, सव डिभिजन कार्यालयका जिम्मेवार ब्यक्तिहरुकै मिलोमतोमा त चोरी तस्करी भई रहेको छैन भन्ने शंका गर्ने प्रशस्त आधार तथा प्रश्न गर्ने समेत ठाउँ रहेको बताउँदै चोरी तस्करी गर्ने र चोरी तस्करीमा सघाउने ब्यक्ति वा समुहको खोजी कार्य गरि गहिरो अनुसन्धानका साथ दोषीहरु उपर कडा कार्वाहीको जोडदार माग गरेको छ ।