उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ , उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा ६३७ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५० हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ।