विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

काठमाडौँ, ओखलढुङ्गामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

मोलुङ हाइड्रो अन्तर्गतको प्रशारण लाइनमा मर्मत गर्ने क्रममा २८ वर्षिय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका डिएसपी रुपेश खडकाले जानकारी दिए ।

मृतक खत्री कन्ट्रयाक्टका कर्मचारी रहेका छन् । करेन्ट कसरी लाग्यो भन्ने कुरा एकिन नभएको र विद्युत कार्यलयले भने लाइन काटीएको जानकारी दिएको खडकाले बताए ।