नायक पल शाह र नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एउटै पर्दामा

काठमाडौँ , नायक पल शाह र नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् ।चलचित्र निर्माता रमेश एम के पौडेलको निर्देशनमा निर्माण हुन लागेको ‘रेड वाइन’ मा पल तथा साम्राज्ञी खेल्ने पक्का भएको हो ।

रुद्रप्रिया तथा राज्जा रानी जस्ता अर्थपूर्ण सफल चलचित्र निर्माण गरिसकेका पौडेलले चलचित्र निर्देशनमा भने डेब्यु गर्न लागेका हुन् ।रेड वाइनमा पल र साम्राज्ञीका अलावा हास्य कलाकार सन्दीप क्षेत्री, नव नायिका इमिली लामालाई फरक भूमिकामा देख्न सकिनेछ । आर्यन फिल्मस् प्रोडक्शन प्रा। लि र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा र संवाद रचना सबिर श्रेष्ठको रहेको छ ।

निर्देशक पौडेलले अमेरिकामा यसको सम्पूर्ण छायाङ्कन हुने बताएका छन् ।