कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ७, बुधबार १३:१४
प्रकासित समय : १३:१४
बाँके, भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका वडाध्यक्षको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।