विराट शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ७, बुधबार ११:५०
प्रकासित समय : ११:५०
मोरङ, झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५:५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।
ती वृद्धमा श्वासप्रश्वास, मिर्गौला तथा निमोनियाको समस्या देखिएको राठौरले बताए ।