देशभर कोरोनाबाट सिकिस्त ४३ जना भेन्टिलेटरमा

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट गम्भीर भएका ४३ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
बुधबार प्रदेश १ मा तीन, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा तीन जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै २२० जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा १४, प्रदेश २ मा १८ र बागमती प्रदेशमा ११८ जना आईसीयूमा छन्।
गण्डकीमा ६, प्रदेश ५ मा ४१ र कर्णाली प्रदेशमा १३ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ