नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ६, मंगलवार १६:४५
प्रकासित समय : १६:४५
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । ८२३ जना संक्रमण मुक्त भएका छन् ।