दाङको लमही नगरपालिकाका एक वडाध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि
दाङ , लमही नगरपालिकाका १ वडा अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सोमबार गरिएको पिसिआर परिक्षणमा लमही नगरपालिका अन्तरगतका एक जना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
जसमा २ जना समुदाय स्तरका नागरिक पनि हुन् । लमही नगर क्षेत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार लमही नगरका समुदायमा १ सय ५० जनाको पिसिआर गरिएको थियो ।समुदाय स्तरमा २ जनामा पोजेटिभ रिपोर्ट आएका दुबै जना लमही नगरपालिका ५ नम्बर वडाबासी हुन् ।
त्यस्तै वडा नम्बर १, ४, ५ र ६ नम्बर वडाका १÷१ जनामा कोरोना पोजेटिभ देखिएको हो । २ जना समुदाय स्तरका र ४ जना भारतबाट आई नेत्रलाल स्मृतीको क्वारेनटिनमा बसेको बताइएको छ । उनीहरु सवै २३ देखि ६२ वर्ष उमेरका सवै पुरुष हुन् ।