त्रिविबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ

काठमाडौं, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा र रुपेश शाह छन् ।

विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडी प्रदर्शनमा उत्रिका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको, छ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झूटा मुद्दा लगाएकोलगायत विरोधमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।