नेपाली बजारमा सुनको मूल्यमा गिरावट
प्रकासित मिति : २०७७ आश्विन ६, मंगलवार ११:२४
प्रकासित समय : ११:२४
काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ९० रुपैयाँले घटेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।