पतिले पत्नीको कपाल जबर्जस्ती खौरिदिए
एजेन्सी, एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् । धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा यस्तो एउटा घटना घटेको छ जसले सबैलाइ आश्चर्य चकित पारेको छ ।बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले पक्राउ गरेको छ ।
गाउँलेहरूले घटनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई पक्राउ गरेको हो ।‘पत्नीले बिहान पतिलाई दूधभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रहरी प्रमुख शहरियार खानले बताए ।‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दोष दिए । त्यसपछि उनले बिलेड लिए अनि जबर्जस्ती पत्नीको कपाल मुण्ड्याइदिए,’ उनले जानकारी दिए ।
मोण्डललाई जानाजान गम्भीर पीडा दिएको आरोप लगाइएको छ । दोषी साबित भएमा उनलाई अधिकतम १४ वर्षको कारावास सजाय दिइनेछ । उनीमाथि पत्नीको इज्जतमाथि प्रहार गरेको आरोप पनि छ ।