एनआरएनका कर्मचारी शाही विप्लव नेकपाको नियन्त्रणमा
अछाम, एनआरएन माईक्राे फाईनाइ्न्सका कमलवजार नगरपालिका वडा नं. ७ मा खटाईएका कर्मचारी दिपक शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लिएकाे छ ।बन्दावन्दिका कारण अाम जनताकाे जीवन गुजटरा गर्न समेत गाराे भैरहेकाे बेला चर्काे व्याज नअसुल्न पटक पटक विज्ञप्ति र फाेन मार्फत अनुराेध गर्दा पनि अटेर गेरका कारण एनअारएन वित्तिय संस्थाका कर्मचारी शाहीलाई गिरफ्तार गरेकाे नेकपा अछामले बताएकाे छ ।
गत महिना एनअारएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा साे पार्टीले कार्वाही गरेकाे थियाे । हिजाे असाेज ५ गते मंगलबार डिप्राेक्स नामक वितिय संस्थालाई कमलवजार नगरपालिकामा कार्वाही सहित लिदै गरेकाे व्याज कव्जा गरेर जनतालाई बुझाएकाे नेकपा अछामका कार्यालय सचिव लक्ष्मणले बताए ।
साथै जनहित विपरित गतिविधि संञ्चालन गरेका र नेपाल सरकारकाे माैद्रिक निति उल्लंघन गर्ने सवै वितिय संस्थाहरुलाई कार्वाही गरिने उनले बताए । नियन्त्रणमा लिएका कर्मचारीकाे अवस्था अज्ञात राखिएकाे नेकपा जिल्ला सचिव अाखिरले बताए ।