बैंक तथा वित्तीय संस्थालाई संकटको बेला जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको जीवन आर्थिक अभावको चपेटामा परेकाले सबै स्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ ।
सोमवार उक्त पार्टीका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन अटेर गर्दै डिप्रोस नामको वित्तीय संस्थाले जिल्लाको कमलबजार नगरपालिका वडा नं. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएकाे उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘डिप्रोस भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका नेता कार्यक्रता सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनी सहित उठाइएको झन्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गर्न लगाउनुका साथै त्यहाँबाट उक्त संस्थाको प्रतिनिधिलाई फिर्ता पठाईएको जनाइएको छ ।’
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कको मौद्रिक निति विपरीत गई चर्को ब्याज असुल्ने र विभिन्न सेवा शुल्कका नाममा गाउँमा जनतालाई लुटिरहेका कारण अाफुहरुले उक्त कदम उठाउनुपरेकाे उक्त पार्टीका एक जना जिल्ला स्तरिय नेताले बताए ।
श्रमिक जनतालाई शोषण गर्ने ढङ्गबाट अगाडि बढिरहेका यस्ता वित्तीय संस्थाहरूलाई पार्टीको खारेज गर्ने नीति रहेको नेकपा अछामको प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
यस्तो छ विज्ञप्ति