आगामी पाँच दिन देशको धेरै ठाउँमा हावाहुरीसहित भारी वर्षाको सम्भावना
प्रकासित मिति : २०७७ आश्विन ५, सोमबार ११:४३
प्रकासित समय : ११:४३
काठमाडौं, आगामी पाँच दिन देशको धेरै ठाउमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा जानकारी गराएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।