नेपालगञ्जमा एक कोरोना संक्रमित कैदीको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ५, सोमबार १०:४०
प्रकासित समय : १०:४०
नेपालगञ्ज, नेपालगञ्जमा एक कोरोना संक्रमित कैदीको उपचारकै क्रममा मृत्यु भएको छ ।
सुर्खेत गुर्भाकोट नगरपालिकाका कोरोना संक्रमित ५८ बर्षीय पुरुष कैदीको आज उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका उनलाई दमको रोग भएकाले श्वासप्रश्वासमा जटिल समस्या थियो ।
भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । योसँगै नेपालका कोरोनबाट ज्यान गुमाउनको संख्या ४१२ पुगेको छ ।