प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ५, सोमबार १०:२५
प्रकासित समय : १०:२५
विराटनगर, मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो। आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य ज्वारो आएपछि स्वाब दिएकोमा कोरोना संक्रमण देखिएको सांसद मोदीले बताए।
उनी अहिले आफ्नै घरमा रहेकाले कोसी कोभिड अस्पताल आउने तयारी गरिरहेको जानकारी दिएका छन्।