मुख्यमन्त्री पाेख्रेलले भने- कोइलाबास कस्तो बनाउने योजना बनाउनुस्

 देउखुरी,  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङकाे कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गरेका छन् । मुख्यमन्त्री पोख्रेल पहिलोपटक दाङको गढवा गाउँपालिका वडा नम्बर ८ छोटी भन्सार कोइलाबास नाकामा पुगेर स्थलगत निरिक्षण तथा अवलोकन गरेका हुन् । दाङ-देउखुरीको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको भवन उद्घाटन कार्यक्रम पश्चात् भारतसंग जोडिएको दाङको पुरानो कोइलाबास नाकामै पुगेर अवलोकन गरेका हुन् ।

बैंक स्थापना गर्न माग 

दाङकाे कोइलाबास नाकामा बैंक स्थापना गर्न माग गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले कोइलाबास नाकामा बैंक स्थापना गर्नको लागी मुख्यमन्त्री शंकर पोख्रेललाई ध्यानाकर्षण गराएका छन् । ‘लमही कोइलाबास हुलाकी राजमार्ग पनि तयार भए लगत्तै पहिलेको तुलनामा कोइलाबासमा अहिले धेरै चहलपहल भएको छ . भन्सार भारतिय कष्टम बलरामपुरमा बसेको छ |अव कोइलाबास
नाकामा बकैंको आवश्यकता छ । ‘

बजार नजिकै नहुँदा सम्म सामान ओसारपोसार गर्न सकिदैन कोइलाबास भन्सार चालुको पहलका साथै बैंक स्थापनाको पहल गरिदिनु प¥यो, अध्यक्ष आचार्यले भने .’ मुख्यमन्त्री पोख्रेललाई वडाको ज्ञापनपत्र  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई गढवा गाउँपालिका वडा म्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले समग्र कोइलाबास नाकाको विसकाको लागि ज्ञापनपत्र बुझाएकाे छ । नेपालको दोस्रो ठूलो कोइलाबास नाका

स्थलगत निरिक्षण तथा अवलोकन गर्न आउनु भएका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई वडाध्यक्ष सिद्दिकले कोइलाबास नाका बोर्डन लाईन तथा निकासीको लागि भन्सारको ? पमा संचालन हुनेपर्ने, जनकपुरधाम पटको नेपालको दोस्रो ठूलो रामजानकी मन्दिरको मर्मत तथा संरक्षण गर्दै कोइलाबास नाकालाई प्रदेशकै नमुना पर्यटकीय स्थलको निर्माण गर्ने, कपिलबस्तु जिल्लाको सिमा क्षेत्र देखि भारत सिमाना सम्म जोडिएको दाङको राजपुर गाउँपालिकासंग नयाँ बाटो ट्र¥याक निर्माण गर्दै, पक्की बाटोको निर्माण गर्नुपर्ने, कोइलाबास शहरी विकास निर्माण

गर्नुपर्ने, महेन्द्र आधारभुत विद्यालय भवन निर्माण गर्नुपर्ने, मदरशा प्रावि विद्यालयको भवन निर्माण गर्ने, कोइलाबास खोला तटबन्ध तथा डयाम निर्माण गर्नेपर्ने माग राख्दै मुख्यमन्त्री पोख्रेललाई ज्ञापनपत्र बुझाएका थिए ।  सरकारले पूर्वधारमा लगानी गर्छः मुख्यमन्त्री पोख्रेल
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रोले विकासका पूर्वधारमा लगानी गर्ने बताएका छन् ।

आइतवार दाङको कोइलाबास नाका स्थलगत निरिक्षण तथा अवलोकन गर्दै, मुख्यमन्त्री पोख्रेलले स्थानीयको अधारमा सरकारले सहयोग बताउनुहुदैँ, अपुरा पूर्वधारमा सरकार लगानी गर्न तयार रहेको बताएका छन् । ‘सरकारले चाहे कोइलाबासलाई भन्सारलाई पुरानै भन्सारको विकास गर्न सक्छ तर, त्यो विकास स्थानियसंग छ . कोइलाबास नाकाको दिर्घकाली विकासको योजना ल्याउनुस् .’ ‘सरकारले लगानी गर्छ कोइलाबासलाई खण्डरमा राखेर लगानी चाहियो भन्न मिल्दैन कोइलाबास कस्तो बनाउने भिजान बनाउनुस्, सरकारले लगानी गर्छ ।