उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबारमात्र उपत्यकामा ७११ जनामा संक्रमण देखिएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। ९६६ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।