राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि

दाङ,  देउखुरीको राप्ती गाउँपालिकामा थप १ जना जेष्ठ नागरिकमा कोरोना पुष्टि भएको हो ।

शनिवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कन्टयाक ट्रेसिङका आधारमा पिसिआर परिक्षण गर्दा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी ८१ वर्षिय जेष्ठ नागरिकमा लक्षण सहितको कोरोना पोजेटिभ देखिएको हो ।

उनमा निमोनिया, उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएको छ । उनको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।घरमै बसेका उनलाई कोरोना देखिएपछि घरका अन्य परिवारलाई सुरक्षित बस्न अनुरोध गरिएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जनकारी दिएका छन् ।