क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन
प्रकासित मिति : २०७७ आश्विन ४, आईतवार १३:१२
प्रकासित समय : १३:१२
एजेन्सी, क्यानडाका पूर्वप्रधानमन्त्री जोन टर्नरको निधन भएको छ। ९१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी सन् १९८४ मा उनी ७९ दिनका लागि मात्र प्रधानमन्त्री भएका थिए।
पेशाले कानुन व्यवसायी उनले सन् १९६८ देखि १९७५ सम्म कानुन तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। तर आफ्नो लिबरल पार्टीका नेतासँगको मतभेदपछि उनले राजीनामा दिएका थिए। त्यसको ९ वर्षपछि उनले पार्टी नेतृत्व हासिल गरेका थिए।
त्यसपछि उनले निर्वाचन घोषणा गरेका थिए। उक्त निर्वाचनमा लिबरल पार्टीले नराम्रो पराजय भोग्नु परेको थियो।