पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

काठमाडौं, पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ ।

अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।