अनशनरत डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन
प्रकासित मिति : २०७७ आश्विन ४, आईतवार १९:०४
प्रकासित समय : १९:०४
काठमाडौं, चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को ब्यानरमा उनको पक्षमा प्रदर्शन भएको हो।
सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। हिजो राति उनलाई अस्पताल लगिएको भए पनि उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन्।