संविधान दिवसको उपलक्ष्यमा वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरियो
प्रकासित मिति : २०७७ आश्विन ३, शनिबार १९:२२
प्रकासित समय : १९:२२
बिरेन्द्रनगर, संविधान दिवसको उपलक्ष्यमा सुर्खेतको वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरिएको छ ।शनिवार कर्णाली युथ पावरको अायोजनामा एक कार्यक्रमको आयोजना गरि संविधान दिवसको उपलक्ष्यमा बिरेन्द्रनगर बजारमा रहेको वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरिएको हो ।
साझ ६ बजे मैन बत्ती बालेर वीरेन्द्र नगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा साझा पार्टीका नेता गेहेन्द्र दहाल लगाएत विरेन्द्रनगर नगरपालिका वडा ६ का वडाध्यक्ष मोती कडेल, ललित भट्टराई, विद्यार्थी नेता मोहन राना, कवि दिपक दुर्लध, गजलकार भरत धमला लगाएत बुद्धिजीवी, ब्यापारी तथा बिद्यार्थीहरुको विशेष उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमको सन्चालन भिम थापाले गर्नु भएको थियो भने सचिन तिमिलसेनाले स्वागत मन्तव्य सहित कार्यक्रमको कार्यक्रम समापन गर्नु भएको थियोे ।