ललितपुर महानगरले एकै साथ चारवटा पार्क निर्माण गर्दै

काठमाडौँ, ललितपुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क निर्माण हुने भएका छन् ।यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् ।

पार्कको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्कहरु कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुने छन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ ।