उपत्यकामा थप ७११ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ३, शनिबार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौँ, काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबारमात्र उपत्यकामा ८५९ जनामा संक्रमण देखिएको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। १४४७ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।