नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ। १४४७ जना संक्रमण मुक्त भएका छन् ।