नेपालमा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन ३, शनिबार १६:२७
प्रकासित समय : १६:२७
काठमाडौँ, नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४५ हजार २६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७२ प्रतिशत संक्रमित निको भएका छन् ।हाल नेपालमा १७ हजार १२९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार १५३ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ९७६ रहेका छन् ।
अहिले क्वारेन्टाइनमा ७ हजार ७३५ रहेका छन् । आज १० हजार ३३३ जनाको पिसिआर परिक्षण गरिएको छ