बंगलाचुली गाउँपालिकामा राजमो निकट युवक संघको पालिका स्तरीय समिती गठन

दाङ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको बङगलाचुली गाउपालिकामा पालिका स्तरिय समिति गठन गरिएको छ ।गाउँपालिका स्तरिय युवाहरूको भेलाले दुई स्थान रिक्त सहित भिमबहादुर थापाको अध्यक्षतामा पालिका स्तरिय १७ सदस्यीय अखिल नेपाल युबक संघ समिती गठन गरिएको हो ।

जसको उपाध्यक्षमा बर्षा खडका, सचिबमा यमबहादुर घर्ती, सहसचिबमा हुकुम तिबारी र कोषाध्यक्षमा भिमनिधी तिबारी रहेका छन् । त्यसैगरी नवगठित समितिको सदस्यहरुमा बिबेक बुढा, कमला केसी, देबराज घर्ती, तारा सिह घर्ती, पुरन घर्ती, रामबहादुर घर्ती, सन्तोष परियार, चन्द्र बुढा, सृजन जिएम, सुनिल घर्ती, भक्तबहादुर पुन रहेका छ्न ।