हतुवागढी गाँउपालिकाको उपाध्यक्ष राईको निधन
प्रकासित मिति : २०७७ आश्विन ३, शनिबार १२:४५
प्रकासित समय : १२:४५
काठमाडौँ, भोजपुरको हतुवागढी गाँउपालिकाको उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । शुक्रबार राति ४७ वर्षको उमेरमा निधन भएको हो ।
भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी राईलाई जन्डिस र रक्तचापको कमी देखिएपछि असोज १ गते प्रतिष्ठानमा ल्याइएको थियो । उनको गएराति न्युरो अूपताल विराण्टनगरमा निधन भएको हो ।
नेकपा जिल्ला सचिवालय सदस्यसमेत रहेकी राईलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुदै उपचारको लागि न्युरो अस्पताल ल्याइएको र उपचारकै क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हतुवागढी गाँउपालिकाका अध्यक्ष प्रेम थुलुङ राइले जानकारी दिए ।