चितवनमा सर्पले डसेर एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन ३, शनिबार ११:३१
प्रकासित समय : ११:३१
चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले डसेको थियो । सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको। अवस्था गम्भीर रहेको छ ।
उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।