संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी छुट्दै

 दाङ, संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी रिहा हुँदै छन् । दिवसको जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना कैदी बन्दी रिहा हुन लागेको हुन् ।असल आचरण भएका, नकारात्मक सुचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दी छुट्न लागको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिए ।

तुलसीपुर कारागारबाट सवारी ज्यान मुद्धाका २ जना, डाँका चोरी मुद्धाका १ र नकावजनी चोरी मुद्धाका ३ जना कैदी बन्दी रिहा हुन लागेको बताए । तुलसीपुर कारागारमा अहिले ४ सय ५७ कैदीबन्दी मध्ये ६ जना आज रिहा हुन लागेको जेलर परियारले जानकारी दिए ।अब तुलसीपुर कारागारमा ४५१ ज्ना कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् । उनीहरु मध्ये २६ जना महिला रहेका छन् भने २ जना आश्रित बालबालिका रहेका छन् ।

उता घोराही कारागारमा २ सय ८७ जना कैदीबन्दी मध्ये ११ जना आज संविधान दिवसको अवसरमा छुट्न लागेको कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिए । ठगी, कर्तव्य ज्यान, हातहतियार खरखजना सम्बन्धिका कैदीबन्दी छुट्न लागेको उनले बताए ।