संबिधान दिवसको अबसरमा सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ ।नेपाल रेडक्रस सोसाइटिको समन्वयमा नेपाल मानव धर्म समिती कर्णाली क्षेत्र आश्रम सुर्खेतको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।

संबिधान दिवस तथा सद्पाल महाराजजीको जन्म दिनको अबसर पारेर रक्तदान जीबनदान ,आत्मज्ञान अति महान ,सेवा गर्ने हाम्रो अभियान भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । उक्त रक्तदान कार्यक्रममा करिब करिब ४० देखि ४५ जना रक्तदाताले रक्तदान गरेका थिए ।

उक्त संकलित रगत प्रदेश अस्पताल सुर्खेतमा रहने र गरीब दिनदुखि लाई आबश्यक परेको खण्डमा निशुल्क सहयोग गरीने सदाबहार मानव सेवामा लागिपर्ने नेपाल मानव धर्म समिती कर्णाली प्रदेश प्रमुख महात्मा निर्मला बाइजिले जानकारी गराएकी छन । नेपाल मानव धर्म समिती कर्णाली प्रदेशले प्रत्येक बर्ष संबिधान दिवसको अबसरमा एक पटक र वर्षमा तिनतिन महिनाको अन्तरालमा सुर्खेतका मुख्य मुख्य ठाउमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

रगत नपाएर छटपटाई रहेका दिनदुखिको लागि यो एउटा उदारणिय कार्य रहेको छ ।