संविधान सहमतिको दस्तावेज बनेको छः मुख्यमन्त्री पोखरेल
बुटवल, मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन।
संविधान दिवसको अवसरमा आज (शनिबार) दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताए।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यावहारिक कार्यान्वयनको अहिले महत्वपूर्ण चरणमा रहेको बताउँदै यो शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्दै सबै अघि बढिरहेको बताए।
‘सघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ, संविधानले सघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको र यसले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग तथा क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ’, सन्देशमा भनिएको छ ।