कर्णालीमा थप ४४ जनामा कोरोना पुष्टि
सुर्खेत, कर्णाली प्रदेशमा आज (शनिबार) थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका मात्रै २८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये २७ जना विरेन्द्रनगर नगरपालिकाका र एक जना बराहताल गाउँपालिकाका छन्। यस्तै दैलेखका ४, सल्यानका २ र डोल्पाका १ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी प्रदेश बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ। दाङ, काभ्रे, डोटी, दोलखा र रोल्पाका १–१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसैगरी दैलेख अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थपिएकासहित कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार १०७ पुगेको छ। जसमध्ये २ हजार ६५१ जना कोरोनामुक्त भएर घर फर्किइसकेका छन्।