दाङका युवाहरु ठूलो संख्यामा राजमो प्रवेश, भ्रष्टाचार विरुद्ध लड्ने संकल्प
दाङ , दाङमा पहिलाे पटक ठूलो संख्यामा युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । दाङको बङगलाचुली गाउँपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । गाउँपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रमकाे आयोजना गरी बिगतमा नेकपा र नेपाली काङ्ग्रेसमा आवद्ध रही काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा सुमन घर्ती, पीरम नेपाली, यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, इश्वर मगर, कमल केसी, मिनराज घर्ती, बिबेक बुढामगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिंह घर्ती मगर, भोपाल बुढा, देबराज घर्ती, सुरज घर्ती, चन्द्र बुढा, बिमबहादुर थापा, वसन्त तिबारी, माधब राना, नवीन बुढा, प्रेम खडका, हुकुम तिबारी, नरबहादुर जिसी, राजन घर्ती, भिम तिबारी, सन्तोष परियार, पदम खडका, मिनराज पौडेल , श्रीधर भण्डारी, डोमबहादुर बुढा, तिलक नेपाली, बिनोद बुढा, कमला केसी, सलिना परियार, उषा खडका, केसरा घर्ती टिकाराम तिबारी, बिष्ना बुढा, प्रेमलाल घर्ती भुमा बुढा, मीनबहादुर डागी, सुरेश डागी, मेघराज खत्री, लगायत दर्जनौं रहेका छन् ।
सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइ अबिर लगाइ पार्टीको सदस्यता प्रदान गरेका थिए । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलाई बिकृति र भ्रष्टाचार मुक्त बनाउनको लागि सम्पूर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु पर्ने कुरा बताएका थिए ।
पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनको लागि जिल्लाब्यापी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउँदै यसलाई अझै घनिभुत रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिए । अध्यक्ष आचार्यले बङ्गलाचुली गाउँपालिका प्राकृति श्रोतका हिसाबले सबैभन्दा धनी भएर पनि जनताको जीवन शैली सबैभन्दा गरीब रहेकाेले यसको अन्त्यको लागि युबाहरुको अग्रसरताको खाचो भएको कुरा बताए ।
अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोरबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिब तुलसीराम पन्थीले गरेका थिए ।

